दिनदिनै जनतामार कार्यक्रम ल्याएकोमा सरकारलाई धन्यवाद– सांसद स्नेही काठमाडौं। राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीले दिनदिनै जनतामारा कार्यक्रम ल्याएको भन्दै सरकारलाई धन्यवाद दिएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले लाखौंलाख सुकुम्वासीहरुलाई प्रत्येक दिन पुर्जा वितरण गरिरहेको आयोगलाई विघटन गरी सरकारले सुकुम्वासी जनताको अपेक्षा र अधिकारमाथि प्रहार गरेको बताए। प्रत्यक्षदर्शीले भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली नागरिक बेपत्ता भएको भन्दाभन्दै सरकारले छानवीन समिति बनाएर अल्झाउने काम गरेकोमा उनले खेद व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्