विद्यालयका कर्मचारी र इसिडि शिक्षकलाई जीवननिर्वाह गर्न पुग्ने सुविधा दिन माग काठमाडौं। राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र इसिडि शिक्षकको समस्या समाधानका लागि सरकारको विशेष ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले इसिडि शिक्षक,विद्यालय कर्मचारी र सहायक लेखापाल गरी५०हजार बढी शैक्षिक मजदुरहरुको तलबसुविधा अति नै न्यून रहेकाले जीवननिर्वाह गर्न पुग्ने सुविधा दिन सरकारसँग माग गरेका छन्।अघिल्लो सरकारले बढाउने भनेपनि त्यो प्रष्ट नभएको उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्