विचाराधीन विधेयकहरु तत्काल संसदमा पेश गर्न माग
काठमाडौं। राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले कानून निर्मााको प्रक्रियालाई तिब्रता दिन सरकारसँग माग गरेका छन्। कार्यान्वयनका लागि कानून नबन्दा संविधानमा रहेको३१मौलिक हक सबै कार्यान्वयनमा आउन नसकेको भन्दै उनले हाल विचाराधीन रहेका४९बढी विधेयकहरु तत्काल संसदमा पेश गर्न माग गरेका हुन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै सांसद देवकोटाले सिन्धुपाल्चोकमा बाढीपहिरोबाट प्रभावितहरुको राहत र उचित व्यवस्थापनको लागि प्रदेश र संघीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस्