दार्चुला घटनामा भारतले सार्वजनिकरुपमा माफी माग्नुपर्छ– नारायणकाजी श्रेष्ठ काठमाडौं। राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतीय एसएसबीहरूकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिकरुपमा माफी माग्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटना अमानवीय,उत्पीडनकारी र क्रुर रहेको भन्दै भारतले अविलम्ब नेपाल र नेपाली जनताससमक्ष सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताए। आगामी दिनमा यस्ता हेपाहा,उत्पीडनकारी व्यवहार नदोर्होयाउन उनको माग थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्