महाराजगञ्जबाट प्रहरी एकेडेमी नहटाउन पूर्वआईजीपीको माग काठमाडौं। पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)हरुले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान(प्रहरी एकडेमी)लाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न माग गरेका छन्। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाउँदै १५ जना पूर्वआईजीपीहरुले अघिल्लो सरकारले गरेको प्रहरी एकडेमी काभ्रेमा सार्ने निर्णय उल्ट्याउन माग गरेका हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ भदौ २१ मा राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिप्याड बनाउने भन्दै प्रहरी एकडेमी काभ्रेमा सार्ने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्