कांग्रेसमा फुकेन क्रियाशील सदस्यता विवादको गाँठो, शीर्ष नेताहरु भन्छन्– प्रयास गर्दै छौं काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरुको बुधवारको बैठकले पनि सदस्यता विवाद टुंग्याउन असफल भएको छ। अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाको सदस्यतासम्बन्धी विवाद समाधान गर्न पाँच दिनको समय पाएका शीर्ष नेताहरुले निरन्तर छलफल गर्दै आएपनि सदस्यताको गाँठो फुकाउन सकेका छैनन्। बुधबारको बैठकमा नवप्रवेशीको सदस्यता विवाद दुईतीन दिनमै टुंग्याउनेगरी छलफलअघि बढेको नेता रमेश लेखकले बताए। “आजको छलफल सकारात्मक छ,छिट्टै यसबारे निर्णय लिन्छौं,”उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्