माधव नेपाल पक्षको भोलिको बैठकप्रति एमालेको आपत्ति, सहभागी नहुन अपिल काठमाडौं। नेकपा एमालेले भोलि बस्ने भनिएको वरिष्ठनेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ। एमालेले भोलि बस्न लागेको नेपाल पक्षको बैठकलाई अनाधिकृत भन्दै संविधान,प्रचलित कानुन र पार्टी विधान विपरीतका त्यस्ता गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरुमा अपिल गरेको छ। बुधबार पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दैे साउन२१ मा एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको स्पष्ट पारिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्