एमालेको नामबाट विधान विपरितका अनधिकृत गतिविधि नगर्न चेतावनी काठमाडौं। नेकपा एमालेले पार्टीको नामबाट पटक–पटक विधान विपरितका अनधिकृत गतिविधि भएकोप्रति केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान,प्रचलित कानून र पार्टी विधान विपरित भएको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै एमालेले भोलि माधव नेपाल पक्षले एमाले केन्द्रीय समितिको नाममा बैठक राखेकोप्रति आपत्ति जनाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्