मधेसी जनताको पक्षमा लड्नु अपराध हो भने हामी दोहोर्‍याइ रहन्छौं :महन्थ ठाकुर काठमाडौं।नेता महन्थ ठाकुरले मधेशी जनता तथा उत्पीडितको पक्षमा लड्नु गलत भए यस्ता अपराध बारम्बार गर्न तयार रहेको बताएका छन्।बुधबार एक सार्वजनिक अपिल जारी गर्दै ठाकुरले आफूहरु जनताको पक्षमा लागेको बताएका छन्।उपेन्द्र यादव पक्षले आफूहरुलाई गल्ती स्वीकार गरी आत्मालोचना गरेमा पार्टीमा स्थान दिन सकिन्छ भनी सार्वजनिक गरेको भनाइप्रति आपत्ति जनाउँदै ठाकुरले मधेसी जनताको पक्षमा लड्नु अपराध भए दोहोर्‍याइरहने जिकिर गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्