मुख्यमन्त्री निवासमा बन्धक बनाएर जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गराइयोः विमला वली
काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएर जबरजस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको बताएकी छिन्। बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै तीन दिन बन्धक बनाइएको बताइन्। ‘सबै आराम गरिरहेको मौकामा आफू ट्वाइलेटको चप्पल लगाएर भागेको’ भन्दै उनले आफू माओवादी केन्द्रमै रहेको बताएकी छिन्।
प्रतिक्रिया दिनुहोस्