महन्थको अपिलपछि उपेन्द्र यादवको विज्ञप्तिः प्रतिगमनकारीहरूको भ्रममा नपरौँ
काठमाडौं। महन्थ ठाकुरको अपिल सार्वजनिक भएको भोलिपल्ट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै प्रतिगमनकारी शक्तिहरू जसपा फुटाउन सक्रिय रहेका भन्दै त्यस्ता प्रतिगमनकारी र यसका मतियारहरूबाट सतर्क र सचेत रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन्। अग्रगमन नचाहने, प्राप्त उपलब्धिहरूलाई उल्टाउन चाहने, यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शक्तिहरू षड्यन्त्रमूलक ढंगले जसपा विरुद्ध लागेको उनको आरोप छ।
प्रतिक्रिया दिनुहोस्