पार्टी एकता हाम्रो आवश्यकता र विजय हो, विभाजन सत्यानाश र सर्वनाश हो–नेता पन्त
काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी विभाजनले सर्वनाश निम्त्याउने भन्दै एकताको विकल्प नभएको बताएका छन्। वरिष्ठ नेता माधव र नेपाल पक्षको केन्द्रीय समितिको बैठकपछि बोल्दै पन्तले अहिलेको आवश्यकता एकताबद्ध एमाले नै रहेकोमा जोड दिए। एकता कार्यदलका सदस्यसमेत रहेका नेता पन्तले पार्टी एकतालाई जोड दिँदै भने, ‘पार्टी एकता हाम्रो आवश्यकता र विजय हो, विभाजन सत्यानाश र सर्वनाश हो।’
प्रतिक्रिया दिनुहोस्