‘कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन गर्नुपर्छ’ काठमाडौं। नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन्। पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहको निवासमा आज बसेको संस्थापन इतरको बैठकले २३ भदौपछि पार्टीको वैधानिकता समाप्त हुने भन्दै कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए। बैठकपछि बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन समितिले प्रक्रिया छोट्याएर भए पनि समयमा नै महाधिवेशन गर्नुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्