प्रदेश १ मा कृषि व्यवसाय अनुदानसम्बन्धी विधेयक प्रस्ताव पारित काठमाडौँ। प्रदेश नं १ को प्रदेशसभा बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रस्ताव पारित गरेको छ। प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले सो विधेयक प्रस्ताव सदनमा पेस गरेका थिए। उनले कृषि जीविकोपार्जन गर्ने किसिमको मात्र भएकाले व्यावसायिक बनाउन अनुदानको व्यवस्था गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्