लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वानप्रति एमालेको आपत्ति छः सचेतक भूमिश्वर ढकाल बुटवल। लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएकोप्रति सत्तारूढ दल नेकपा एमालेले आपत्ति जनाएको छ। प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका थिए। एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सरकारसँग कुनै सल्लाह नगरी प्रदेश प्रमुखले एकपक्षीय निर्णय गरेको आरोप लगाए। अदालतमा जसपाका सांसदका मुद्दाको किनारा नलागी संसद् बैठक बस्न नमिल्ने उनले जिकिर गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्