कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउँदै
काठमाडौं।सत्तारुढ गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएकोछ।कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेर बिहान साढे ९ बजे प्रधानमन्त्रीलाई बुझाउन लागेको हो।सबैको अपनत्व हुने गरी गठबन्धन सम्बद्ध पार्टीका नेता, अर्थविद्, कानुनविदको परामर्श लिएर प्रतिवेदन तयार पारिएको जनाइएको छ।सरकारको योजना, काम र प्राथमिकता समेटिएको प्रतिवेदन प्रधानमन्त्रीपछि गठबन्धनका शीर्ष नेतालाई पनि बुझाइने कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस्