प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ : मुख्यमन्त्री पोखरेल काठमाडौं।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्षी दलले सांसद अपहरणको आरोप लगाएको भन्दै असन्तुष्टि जनाएका छन्।सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भनेका छन्– “दुईजना माननीयलाई फकाएर राजीनामा गराउन सक्ने,६ जनालाई निष्कासन गर्न सक्ने र एकजनालाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई अपहरणको आरोप पनि लगाएछ।” सांसदको संख्या कम हुनुमा प्रतिपक्ष नै जिम्मेवार रहेको भन्दै उनले त्यसबारे इतिहासले उत्तर खोज्ने टिप्पणी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्