कार्यदलले प्रधानमन्त्रीलाई बुझायो तीनवटा दस्तावेज
काठमाडौं। सत्तारुढ कार्यदलले शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई तीनवटा दस्तावेज बुझाएको छ। कार्यदलले प्रधानमन्त्रीसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई सरकार सञ्चालनसम्बन्धी कार्यविधि, न्यूनतम साझा कार्यक्रम र मन्त्रीहरुको आचार संहिताको मस्यौदा बुझाएको हो। यी दस्तावेजहरूलाई गठबन्धनको बैठकले अन्तिम रुप दिई शीर्ष नेताहरुले हस्ताक्षर गरेर सार्वजनिक गरिने जनाइएको छ। सरकारको साझा न्यूनतम कार्यक्रम बनेसँगै अब मन्त्रिपरिषद विस्तार हुने प्रचण्डको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्