मन्त्रीको आचारसंहिताः चित्त नबुझे प्रधानमन्त्रीले जुनसुकै बेला पदमुक्त गर्न सक्ने काठमाडौं।सत्तारुढ कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिता तयार पारेको छ।उक्त १४ बुँदे आचारसंहितालाई शुक्रबार प्रधानमन्त्रीसहित गठबन्धनको शीर्ष नेताहरुलाई बुझाइसकिएको छ।आचारसंहितामा पदीय मर्यादा, प्रतिष्ठा र जिम्मेवारीमा आँच पुग्नेगरी कसैसँग सम्बन्ध राख्न नपाइने उल्लेख छ।अनियमितता तथा भ्रष्टाचार गर्न नपाइने, मीतव्ययी बन्नुपर्ने, नियुक्तिमा मनोमानी गर्न नपाइने उल्लेख छ।आचारसंहिता विपरीत कार्यगरेमा प्रधानमन्त्रीले जुनसुकै बेला पदमुक्त गर्ने आचारसंहितमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्