विद्युत उत्पादन बढेपछि सरकारले औद्योगिक शुल्क घटाउने
काठमाडौं।ऊर्जा,जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको उत्पादन बढेपछि औद्योगिक क्षेत्रको महसुल घटाउने बताएकी छन्।उनले नेपाल उद्योग परिसंघसँगको छलफलका क्रममा यस्तो बताएकी हुन्।उर्जामन्त्री भुसालले आर्थिक विकास, गरिबी निवारण, औद्योगिक विकास र कृषिको विकासका लागि उर्जा कच्चा पदार्थ भएकाले यसको सुलभ उपलब्धता आवश्यक रहेको बताए। उनले भनिन्,“आर्थिक विकासको कच्चा पदार्थ विद्युत हो। कच्चा पदार्थ बेचेर कोही धनी नभएकाले आन्तरिक खपतमै जोड दिनुपर्छ।”
प्रतिक्रिया दिनुहोस्