कार्यदलको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल गर्न माओवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं।सत्तारुढ कार्यदलको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ।शुक्रबार अपरान्ह चार बजेका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएको माओवादी केन्द्रका कार्यलय सचिव श्रीराम ढकालले जानकारी दिए।कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलले आजै बिहान गठबन्धनका शीर्ष नेतालाई सरकार सञ्चालनबारे प्रतिवेदन बुझाएको थियो।यसअघि प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रीबारे टुङ्गो लगाउने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्