
सभापतिमा उम्मेदवारी दिन्छुः कांग्रेस उपसभापति निधि
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ।’ उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी सुरु गरिसकेको बताए। उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने र महाधिवेशनको तयारीले गति लिने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्