नसच्चिए सकिन्छौँ, परिवर्तनका लागि त्याग गर्न तयार रहौंः प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा रूपान्तरण आवश्यक रहेको बताएका छन्। आइतबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले रूपान्तरण नहुने र यथास्थितिमै रुमलिरहे माओवादी पार्टीको औचित्य नरहने बताए। अझै नसच्चिए सकिने भन्दै उनले परिवर्तनका लागि त्याग गर्न तयार रहन पार्टीलाई आग्रह गरे। माओवादी पार्टी अरू बुर्जुवाभन्दा फरक नदेखिएको भन्दै प्रचण्डले सच्चिए अबको चुनावमा पहिलो बन्ने दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्