काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा सामन्तवादलाई परास्त गर्न भएको क्रान्तिको आफ्नै मौलिकता रहेको भन्दै त्यसलाई बुझ्न नसके भ्रम सृजना हुने बताएका छन्।
काठमाडौंमा आज आयोजित 'जनताको जनवादका आधारहरू' पुस्तक लोकार्पण गर्दै अध्यक्ष दाहालले नेपालको क्रान्तिको आफ्नै मौलिकता रहेको र त्यसबलाई बुझ्न नसकिए भ्रमित हुनुपर्ने बताएका हुन्।
''कम्युनिस्ट पार्टीको मात्र नेतृत्व र सहभागितामा यो क्रान्ति सम्पन्न भएको हैन। यसमा पुँजीपति, दलाल नोकरशाहीका राजनीतिक प्रतिनिधिलाई पनि सहयात्री बनाएर यो क्रान्ति सम्पन्न भयो। त्यसैले यो न नयाँ जनवादी क्रान्ति भयो न पुरानो पुँजीवादी क्रान्ति भयो'', दाहालले भने ''यो हाम्रै खालको नेपाली जनवादी क्रान्ति भयो। यो मौलिकता बुझिएन भने त्यहीँबाट विभ्रमहरू सृजना शुरू हुन्छन्।''