ओहो, राजा भएन भनेत देशै सकिने रहेछ:- राजेन्द्र लिङदेन काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन्। सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा औंल्याएका छन्। स्वर्गीय राजा विरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देशलाई अन्य देशको खतराबाट टार्न राजसंस्था अनिवार्य रहेको तर्क दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्