मल अभावले जनता रोएर बसिरहेको बेलामा, सरकार मौन धारण गरेर बसेको छ: विशाल भट्टराई काठमाडौं।नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले किसानले मल कहिले पाउँछन् भन्ने विषयमा सरकारको जवाफ माग गरेका छन्। प्रतिनिधि सभा बैठकमा संसदको कार्यसूचीलाई स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै उनले किसानले मल कहिले पाउँछन् सो विषयमा सरकारले जवाफ दिनुपर्ने बताए।उनले मलको अभावको विषयमा सरकारलाई पहिले नै जानकारी भएपनि यथोचित कदम चाल्न नसकेको पनि प्रस्टाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्