अर्थमन्त्री माथि छानविन हुनुपर्छ : सुरेन्द्र पाण्डे काठमाडौं।नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भिर प्रश्न उठेको भन्दै उनको राजीनामा माग गरेका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रुपमा पदमा बस्न नमिल्ने बताएका छन्।उनले गोपनियताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भिर अपराध भएको भन्दै छानविन हुनुपर्ने पनि माग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्