नागरिकता विधेयक छिट्टै पास गरियोस् : लालबाबु पण्डित काठमाडौं।नेकपा एमालेका सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्टट्रयाकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।उनले सरकारले संघीय निजामती विधेयक फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहशनहश बनाएको आरोप लगाए।उनले संघीय निजामती विधेयकलाई पनि संसदमा ल्याई पारित गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्