अर्बौको कमिसन खाएर आयल निगम व्यापारीलाई दिने खेल हुदैछ : रामचन्द्र पौडेल
काठमाडौं।सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भिर आरोप लगाएका छन्।संसद दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा पौडेलले सरकारमाथि सो आरोप लगाएका हुन्। उहाँले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौ कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै आपत्ति पनि जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्