अरु नेताको मिल्ने, गिरिजाप्रसाद कोइरालाको नामबाट कलेज खोल्न किन नमिल्ने ?: मन्त्री बडू काठमाडाैं।उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन्।शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन्।उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व.नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जी.पी. कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्