नागरिकताका लागि नक्कली आमा खडा गर्छन् कि भन्ने चिन्ता गर्नुपर्ने बेला भयो : खिमलाल देवकोटा काठमाडौं।राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताएका छन्।नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै उनले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको र यद्यपी सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उनले आशंका व्यक्त गरेका छन्।नेपालमा गरिबी र रोजगारीको समस्या भएका कारण लोभ, लालचमा परेर नागरिकता वितरण हुन सक्ने पनि उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्