प्रधानमन्त्री अमेरिका गएका बेला एसपीपीमा धेरै कुरा गरिँदैछ भन्ने सुनिँदैछ : भीम रावल
काठमाडौं।एमालेका सांसद भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता नगर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नै भनेका हुन् कि भन्ने आशंका व्यक्त गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नुको सट्टा परराष्ट्र मन्त्रालयले अध्ययन गर्ने भनेर दिएको अभिव्यक्तिको पनि आलोचना गरेका छन्।
प्रतिक्रिया दिनुहोस्