गिरोहले फोहोरमैला व्यवस्थापन हुन दिएनन्ः मन्त्री श्रेष्ठ काठमाडौं।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन्। शनिवार कार्यक्रमलाई सम्बोधन गर्दै उनले फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको पनि बताए।यसैगरि उनले स्थानीय तहले नै अब फोहरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने कुराको समेत चर्चा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्