कानूनमा सबैथोक गर्ने भन्ने छ, तर के गर्ने प्रष्ट छैन: गगनकुमार थापा
काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्नु नहुने बताउनुभएको छ। मंगलवार प्रेस लैङ्गिक नीति सम्बन्धी एक कार्यक्रममा थापाले संसदमा रहेका दलहरु नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताए। नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरुले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा उनको जोड थियो।
प्रतिक्रिया दिनुहोस्