हारपछि गगन थापाको प्रतिक्रिया
काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री गगन थापाले आफू नयाँ बन्ने सरकारमा नजाने बताएका छन्। उनले संसदीय दलको नेता देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने तर आफू भने सरकारमा नजाने स्पष्ट पारेका हुन्। सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पुनः संसदीय दलको नेता बन्न आफ्नो प्रयास रहने बताए।
प्रतिक्रिया दिनुहोस्