विज्ञताको आधारमा मन्त्री चयन गरिने छ: गृहमन्त्री लामिछाने काठमाडौं। मन्त्रीपरिषद्मा विषय विज्ञताका आधारमा मन्त्रीहरु थपिने भएको छ। सत्ता साझेदार दलहरूका शीर्ष नेताको बैठकमा यसबारे छलफल भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए। संसद्बाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार ८ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए। आजैको बैठकले एमाले अध्यक्ष केपी ओलीको संयोजकत्वमा सरकारको न्युनतम साझा कार्यक्रम बनाउने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्