पोखरालाई पर्यटकको केन्द्रको रुपका विकास गर्नपर्छ : अर्थमन्त्री काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। आईतबार सो विमानस्थलको उद्घाटन समारोहमा उपप्रधानमन्त्री पौडेलले विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकहरुको केन्द्रको रुपका विकास गर्न लाग्नुपर्ने बताए । उनले विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्