कांग्रेसले अन्य दलहरुसँग पनि छलफल गरी सभामुखमा उम्मेदवारी दिन्छः प्रवक्ता महत काठमाडौं। नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे अन्य दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ। धुम्बाराहीमा बुधबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सभामुखमा उम्मेदवारीबारे अरू दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको हो।आजै दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ताको कार्यक्रम छ। दिउँसो १ बजेअघि नै अरू दलसँग छलफल गरी आवश्यक निर्णय लिइने प्रवक्ता प्रकाशशरण महतले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्