गृहमन्त्रीज्यू, सानालाई ऐन ठूलालाई चैन कहिलेसम्म हुने होः सीके राउत
काठमाडौं। जनमत पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद सिके राउतले थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राउतले मोटरसाइकल दुर्घटना हुँदा चालकलाई हिरासतमा लिई अनुसन्धान थाल्ने प्रहरीले जहाज दुर्घटना हुँदा किन सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ नगरेको हो भन्ने प्रश्न उठाए।
प्रतिक्रिया दिनुहोस्