सांसद पक्राउ पर्दैमा निलम्बन गरिहाल्नु हुदैनः ज्ञानेन्द्रबहादुर शाही
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरुलाई निलम्बन गर्न नहुने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकीर समेत गरे। राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परेभने उसको मतदान गर्ने अधिकार हनन् हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था गर्न नहुने उनले बताए।
प्रतिक्रिया दिनुहोस्