नेपालभित्र जो जहाँ छ, त्यहीबाट भोट हाल्न पाउनुपर्छः प्रमुख निर्वाचन आयुक्त काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा थपलियाले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बताएका हुन्। अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न पाउनुपर्ने उनको भनाई थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्