राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई माओवादीले समर्थन गर्छः अर्जुननरसिंह केसी
काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राष्ट्रपतिका विषयमा विभिन्न दलका आफ्नै दाबी रहेका बेला कांग्रेसले आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताए। मुलुकमा देखिएको आर्थिक लगायतका समस्या समाधानका लागि र राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको उनको भनाइ छ। उनले कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्ने दाबी गरे।
प्रतिक्रिया दिनुहोस्