संवैधानिक राष्ट्रपतिलाई कार्यकारी जस्तो तानातान हुनु दुःखद: शर्मा काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभइ सहकार्य र सहमति हुनुपर्ने बताएका छन्। शुक्रवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिका लागि नेकपा एमाले, नेपाली काँग्रेस लगायत अन्यदलहरुले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताए। खिचातानी, लडाईं लडेर नभइ अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्