हेर्दै जाऔं, मेरै नाममा राष्ट्रिय सहमति जुट्न सक्छः सुवास नेम्बाङ काठमाडौं। राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने बताएका छन्।नेकपा एमालेले पूर्व सभामुख नेम्बाङलाई उम्मेदवार बनाएको छ। पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको बताए । त्यही संविधानको संरक्षक हुने अवसरका लागि हिँडेको भन्दै उनले भने, ‘राष्ट्रिय सहमति मेरो हकमा पनि हुनसक्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्