आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गछौं : मन्त्री गिरी
काठमाडौं। आज स्वास्थ्य सेवा दिवसको अवसरमा राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरिएको छ। दिवसको अवसरमा आयोजित समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले देशमा धेरै राजनीतिक परिवर्तन भए पनि दूरदराजका गरिब जनताले अझै पनि सर्बसुलभ ढंगले स्वास्थ्य सेवा नपाइरहेको बताए। उनले स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउँछौं भनेर सबैले आ–आफ्नो ठाउँबाट अठोट गरेमा मात्रै स्वास्थ्य सेवा दिवस मनाउनुको सार्थकता रहने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्