व्यवसायीहरुलाई काम गर्न कानूनी रुपमा सहजीकरण गर्नेछु : सभामुख घिमिरे काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैंत्री कानून निर्माणका लागि आफू तयार रहेको बताएका छन्। उनले उद्योग व्यवसायमैंत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। शनिबार ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै घिमिरेले मुलुक भित्रै उत्पादन वृद्धिगरी रोजगारी सृजना गर्नका लागि कानूनको अभाव हुन नदिन आफू सचेत रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्