सांसदले बंक गर्न थाले, बैठकपछि हाजिरी गर्ने व्यवस्था गरियोस्ः हरि ढकाल काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसदमा बैठक सकिएपछि पनि हाजिर गर्ने व्यवस्था मिलाउन माग गरेका छन्।आइतबार प्रतिनिधि सभा बैठकमा उनले सांसदहरूमा हाजिर गरेर टाप कस्ने प्रवृत्ति बढेकाले बैठक सकिएपछि पनि हाजिर गर्ने व्यवस्था मिलाउन सभामुखसमक्ष आग्रह गरेका हुन्।जारी अधिवेशनमा विधेयक ल्याउँद दुई–दुई पटकसम्म गणपूरक संख्या नपुगेको बताउँदै सांसदहरूको यस्तो प्रवृत्तिले बाहिर नराम्रो सन्देश जाने उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्