तत्काल कसैसँग पार्टी एकता गर्दैनौं : नेता खनाल काठमाडौं, ९ वैशाख। नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना नरहेको सो पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन्। अन्य दलहरुसँग मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको खनालको भनाइ छ । जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानीमा उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्