शान्ति प्रक्रियाको बाँकी काम कुनै पनि हालतमा पूरा गछौं : मन्त्री श्रेष्ठ काठमाडौं, ९ वैशाख। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम तत्काल सक्नुपर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारण सभालाई शनिबार अनामनगरमा सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया सम्पन्न नगरे थप समस्या बढ्ने बताए। ‘शान्ति प्रक्रियाका बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्नुपर्छ’, उनले भने, ‘यसलाई पूरा हुन नदिन निकै कोसिस भइरहेका छन्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्