ओलीमाथि दुर्व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइ सक्योः गृहमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधबारेमा एमाले अध्यक्ष ओली सहभागी भएको कार्यक्रममा कोशी प्रदेश नामकरण विरोधीहरूले ढुंगामुढा गरेको बताए। उनले उक्त घटना दुखद् भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताए।
प्रतिक्रिया दिनुहोस्